देउवाले पदाधिकारी बैठक बोलाएपछि पौडेल पक्षको छुट्टै भेला

देउवाले पदाधिकारी बैठक बोलाएपछि पौडेल पक्षको छुट्टै भेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएपछि रामचन्द्र पौडेल पक्षले छुट्टै भेला गर्ने भएको छ ।

सभापति देउवाले दिउँसो ३ बजे बुढानिलकण्ठस्थित निवासमा पदाधिकारी बैठक बोलाएका छन् । यस्तै पौडेल पक्षले पनि सोही समयमा भेला गर्न लागेको हो ।

कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बस्ने भेलामा पौडेलसहित, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरु सहभागी हुने बताइएको छ । उक्त भेलामा सरकारमा कांग्रेसको भमिकालगायतका विषयमा छलफल हुने बताइएको छ ।