सीमा विवाद अन्तराष्ट्रियकरण गर्नु नेपाललाई घातक हुनसक्छः रामचन्द्र पौडेल

सीमा विवाद अन्तराष्ट्रियकरण गर्नु नेपाललाई घातक हुनसक्छः रामचन्द्र पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल भारतको सीमा विवादको विषयलाई अन्तर्राष्ट्रियकरण गरिनु अघि नेपाल सरकारले प्रमाण जुटाएर मात्र अन्तर्राष्ट्रियकरणको प्रक्रियामा अघि बढ्नुपर्ने बताएका छन् ।

बिहीबार झापामा पत्रकारसँग कुरा गर्दै पौडेलले अन्तराष्ट्रियकरणका लागि हतार गर्नु आफैलाई घातक हुनसक्छ ।त्यसभन्दा अघि हाम्रा लडेका, भत्केका, र नदीले बगाएका सीमा स्तम्भतर्फ सरकारको ध्यानाकर्षण हुनुपर्नेमा उनले जोड दिए ।

पौडेलले भने, ‘सीमा विवादको विषय बीचबीचमा उठ्दै सेलाउँदै गरेको हो । अहिले सीमाको विषयमा जनतामा नयाँ ढंगले जागरण आएको छ । सरकारले खुट्टा नकमाई भारतसामु प्रमाण जुटाएर छलफलका लागि अघि बढोस्, त्यसमा प्रतिपक्षको पूर्ण सहयोग रहनेछ ।’

उनले भने, ‘अब सचिवस्तरीय वार्ताले काम गर्दैन, प्रधानमन्त्री स्वयंले भारतीय प्रधानमन्त्रीसँग सीमाको विषयमा बोल्नुपर्यो ।’