काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । बैठक आजै बस्ने पौडेल निकट एक नेताले जानकारी दिए ।
पार्टीको १४ औं महाधिवेशन, क्रियाशील सदस्यता वितरणलगायतका विषयमा छलफल गर्न वरिष्ठ नेता पौडेलले आफू र कृष्ण प्रसाद सिटौला पक्षीय नेताहरुको केन्द्रीय कमिटीको भर्चुअल बैठक बोलाएका हुन् ।
कांग्रेसको महाधिवेशन आगामी भदौमा हुने भनिए पनि कोरोना भाइरसको संक्रमणबाट प्रभावित हुन सक्ने बताइएको छ ।
नेता पौडेलले सभापति शेरबहादुर देउवा महाधिवेशन नगर्ने खेलमा लागेको आरोप लगाउँदै आइरहेका छन् ।




प्रतिक्रिया