काठमाण्ड – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सर्वोच्चको फैसलापछि पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
आज ट्वीटमार्फत नेता पौडेलले सर्वोच्चको फैसलाले संविधानको रक्षा गर्ने आफ्नो अभियान सफल भएको बताउँदै पार्टी सभापति देउवालाई बधाई दिएका हुन् ।
उनले ट्वीटमा लेखेका छन्, ‘संविधान रक्षा गर्ने हाम्रो अभियान सफल भयो । संविधान र सांसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ । यसका निम्ति सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद र मेरा मित्र पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई !’
आज संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको हो ।




प्रतिक्रिया