काठमाण्डु- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी भदौ २३ गतपछि अहिलेको केन्द्रीय समितिको वैधानिकता सकिने बताए । बिहीबार पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल पक्षको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले भदौ २३ गते सम्म पनि १४ औँ महाधिवेशन गर्न नसके अहिलेको केन्द्रीय समितिको बैधानिकता सकिने बताएका हुन् ।
उनले भने, ‘ क्रियाशीलको विवाद हो अहिलेसम्म टुंगिन सक्या छैन । अहिले हाम्रो तहमा आएको छ । सभापति प्रम हुनुहुन्छ । एकछिन मिटिङ बसेपछि जानुपर्ने हुन्छ । भदौ २३ सम्म नयाँ कार्यसमिति आएन् भने यसको वैधानिकता सकिन्छ । त्यसपछि पार्टीको वैधानिकता नै सकिन्छ ।’
उनले महाधिवेशन कार्यतालिका छिटो सार्वजनिक गर्न पनि नेतृत्वलाई दबाब दिने विषयमा छलफल भएको पनि जानकारी दिएका छन् । हाल नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन अन्योलमा परेको छ ।




प्रतिक्रिया