काठमाण्डु- नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको छ । १४ औँ महाधिवेशन निर्धारित समयमा हुने सम्भावना टर्दै गएका बेला नेता पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।
अगामी साउन २५ गते काठमाण्डुमा बस्ने गरी भेला बोलाइएको नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिशनरसिंह केसीले बताएका छन् । सो भेलामा महाधिवेशन सुनिश्चितताका लागि चाल्ने कदम लगायतका विषयमा छलफल हुने उनले जनाए । साथै क्रियाशिल सदस्यता विवाद कसरी समाधान गर्ने भन्नेबारेमा पनि भेलामा छलफल हुने उनले बताए ।
उनले भने, ‘भेलामा महाधिवेशन सुनिश्चितताका लागि चाल्ने कदम लगायतका विषयमा छलफल हुन्छ, साथै क्रियाशिल सदस्यता विवाद कसरी समाधान गर्ने भन्ने विषयमा पनि छलफल हुन्छ ।’




प्रतिक्रिया