काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेलामा ४७ जिल्लाका जिल्ला सभापतिहरु सहभागी भएका छन् ।
ठमेलको होटल यात्रीमा बिहान १० बजेबाट सुरु भएको जिल्ला सभापतिहरुको भेलामा ४७ जना सहभागी भएको नुवाकोटका सभापति जगदीशनरसिंह केसीले जानकारी दिए ।
उनकाअनुसार ३५ जना भौतिक रुपमा र १२ जना अर्चुअल रुपमा सहभागी छन् । बैठक भोली पनि बस्ने उनले जानकारी दिए । बैठक महाधिवेशन केन्द्रीत भएको नेताहरुले बताएका छन् ।




प्रतिक्रिया