काठमाण्डु- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दैछ । मंगलबार दिउँसो पौडेल निवासमा बस्ने बैठकले १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिको उम्मेदवार चयन गर्ने केन्द्रीय सदस्य बलबहादुर केसीले बताए ।
संस्थापनइतर पक्षबाट सहमतिमा एक जनामात्रै सभापतिको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको उनले जानकारी दिए । पौडेल पक्षमा सभापतिका लागि चार नेता आकांक्षी छन् । पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति पदमा दावी गरेका छन् ।




प्रतिक्रिया