काठमाण्डु – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल पक्षले १४ औँ महाधिवेशनमा साझा उम्मेदवार बनाउन कसरत जारी राखेको छ । महाधिवेशनमा देउवाको विकल्पका रुपमा इतरपक्षबाट बलियो उम्मेदवार छान्न पौडेल पक्षलाई हम्मेहम्मे परेको हाे ।
उम्मेद्वार तय गर्न पौडेल पक्षले आजपनि बैठक डाकेको छ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए । आजको बैठकमा उम्मेदवारको टुङ्गो लगाउने नेता सिंहले जानकारी दिए ।
महाधिवेशनको मिति नजिकिए पनि साझा उम्मेदवार बनाउने गरी छलफल केन्द्रित गरेको पौडेल पक्ष निष्कर्षमा पुग्न सकेका छैन् । सभापतिको आकांक्षीमा इतर पक्षबाट पौडेलसहित नेताहरु प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला, अर्जुन नरसिंह केसीदेखि रामशरण महतसम्म रहेका छन् ।
उनीहरु मध्येबाट एक जना साझा उम्मेदवार तय गर्नका लागि नेताहरु छलफलमा जुटेका हुन् ।




प्रतिक्रिया