काठमाण्डु – नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आसन्न १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउनेगरि नै छलफल भइरहेको जनाएको छ । आज भएको पत्रकार सम्मेलनमा नेताहरूले महाधिवेसनमा एउटै उम्मेदवार बनाउने प्रतिबद्धता जनाएका हुन् ।
यो समूहमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिको आकांक्षी छन् ।
कसलाई के जिम्मेवारी दिँदा ठीक हुन्छ भनेर आफूहरूबीच छलफल भइरहेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । यस्तै उनले दुई तिहाइको कम्युनिष्ट सरकार ढलेपछि आफ्नो पार्टी नेतृत्वको सरकारसँग जनताको आशा रहेपनि सरकारले सोचेअनुरूप काम गर्न नसकेको टिप्पणी गरेका छन् ।




प्रतिक्रिया