फकाउन बोहराटार पुगेका देउवालाई पौडेलले दिए यस्ताे जवाफ

फकाउन बोहराटार पुगेका देउवालाई पौडेलले दिए यस्ताे जवाफ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनकै निवास बोहराटारमा पुगेका छन् । शुक्रबार केन्द्रीय समिति बैठक बहिस्कार गरेका नेता पौडेललाई फकाउन देउवा उनकै घर पुगेका हुन् ।

चुनौतीपूर्ण घडीमा पार्टी एक भएर जानु जानु पर्ने विषयमा उनीहरूबीच कुराकानी भएको छ । भेटमा उदारतापूर्वक पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने नेता पौडेलले देउवालाई सुझाव दिएका थिए ।

‘चुनौतीपूर्ण घडीमा पार्टी एक भएर जानु जरुरी छ,’ देउवासँग भएको कुराकानीमा पौडेलले भने, ‘पार्टी्भित्र देखिएका समस्यालाई न्यायपूर्ण र पारदर्शी ढंगले मिलाएर अगाडि लानुपर्छ । उहाँलाई धेरै हतारमा नजानुहोस् संयमता र उदारतापूर्वक अघि बढे हामी सबैले साथ दिन्छौँ ।’

पार्टी्भित्र देखिएको असमझदारीलाई समाधान गर्न नेता पौडेल समूहबाट प्रकाशमान सिंह र देउवा समूहबाट विमलेन्द्र निधिको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ । पौडेलले महाधिवेशनको एजेण्डा पहिलो सर्त भएको बताए । यसलाई अगाडि राखेर संगठनात्मक समस्यालाई न्यापूर्ण र पारदर्शी ढंगले समाधान गर्दै लैजानुपर्ने उनको भनाइ थियो ।

‘महाधिवेशनको कार्यतालिकालाई टेबलमा अगाडि राखेर अरु समस्याहरु परस्परिकताका आधारमा सुल्झाएर जानुपर्छ’ नेता पौडेलले भनेका छन् ।

उनले अरु विषयमा आफूसँग नभई वार्ता समितिसँग सम्वाद गर्न आग्रह गरेका छन् ।

छलफलमा सहभागी उपसभापति निधिले समायोजनको काम सकिएपछि महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने विषयमा पहिले नै सहमति भइसकेको उल्लेख गरे ।

महाधिवेशन कार्यतालिका बनाउन एक वर्षको समय थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले पार्टी सभापति र नेता पौडेलबीच सकारात्मक छलफल भएको बताए ।

शुक्रबारको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषयमा प्रस्ताव पेश नभएपछि पौडेल समूहले बैठक बहिस्कार गरेको थियो ।