मन्त्रीको नाम तोक्न पौडेल पक्षको बैठक बस्दै

मन्त्रीको नाम तोक्न पौडेल पक्षको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु पक्षीय नेताहरुको बैठक बोलाएका छन् । बैठक दिउँसो तीन बजे नेता डा. रामशरण महतको निवास बाँसबारीमा बस्दैछ ।

आफ्नो समूहबाट सरकारमा जाने मन्त्रीको नाम तोक्न बैठक बोलाइएको हो । पौडेल समूहबाट सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु र तेजुलाल चौधरीको नाम अघि सारिएको छ । यी व्यक्तिहरूमध्येबाट पौडेल समूहले अब दुईजनाको मात्र नाम छान्नुपर्नेछ ।

कम्तीमा तीन मन्त्री आफ्नो समूहले पाउनुपर्ने दाबी गर्दै आएको पौडेल पक्षलाई गठन्बधन व्यवस्थापनका लागि त्योभन्दा बढी संख्या नहुने जानकारी दिइएपछि पौडेल समूहले दुई जनाको नाममा छनौट गर्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।