काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको १४ औं महाधिवेशनको उद्घाटनसत्रमा आउने भएका छन्। शुक्रबार काठमाण्डुको भृकुटीमण्डपमा जारी महाधिवेशनमा पौडेल आउने भएका हुन् ।
असन्तुष्ट रहेका पौडेल महाधिवेशनमा नआउने हल्ला चलेपछि कांग्रेसी नेताहरु उनलाई मनाउन पौडेल निवास बोहोराटार पुगेका थिए । अन्तिम समयमा पदाधिकारी थप्ने भएपछि पौडेलले बिहीवारको केन्द्रीय समिति बैठक पनि बहिष्कार गरेका थिए ।
पौडेलले नेता प्रकाशमान सिंह र डा. शेखर कोइरलामा सहमति नजुटे आफू महाधिवेशनमा सहभागि नहुने बताएका थिए । तर हालसम्म नेता सिंह र कोइरलाले आफू सभापतिको दौडबाट पछि नहट्ने अडान कायमै रावखेका छन् ।




प्रतिक्रिया