सभापतिको रिङबाट बाहिरिए रामचन्द्र

सभापतिको रिङबाट बाहिरिए रामचन्द्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको दौडबाट पछि हटेका छन् । शनिबार बिहान आफ्नो निवास बोहराटारमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले आफु सभापतिको रिङबाट बाहिरिएको प्रतिक्रिया दिएका हुन् ।

‘मलाई साथीहरूले असहयोग गरे । त्यसैले म सभापतिको रिङबाट बाहिरिएँ । कांग्रेसको राजनीतिबाट बाहिरिएको होइन्,’ उनले भने । उनका लागि शेखर कोइराला र शशांक कोइराला दाबी छाड्न तयार भए पनि प्रकाशमान सिंह तयार नभएपछि पौडेल पछि हटेका हुन् । उनले आफ्नोपक्षबाट आफूलाई एकल उम्मेदवार बनाइएमात्रै अघि बढ्ने तयारी गरेका थिए ।

केही दिनअघि आफूपक्षको छलफलमा उनले सबै जना उम्मेदवार हुने भए आफूले राजनीतिबाटै सन्यास लिने अभिव्यक्ति दिएका थिए ।शनिबार बिहानको छलफलमा उनले आफूले राजनीतिबाट सन्यास पनि नलिने र उम्मेदवार पनि नहुने प्रस्ट पारेका हुन् ।