काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिका प्रत्यासी शेरबहादुर देउवालाई समर्थन गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको उनका छोराले बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार स्रोतले पौडेका छोरा चिन्तनको भनाइ भनेर सञ्चारमाध्यमलाई दिएको जानकारी गलत भएको भन्दै आपत्ति जनाएका हुन् ।
‘मैले बुबाले देउवालाई समर्थन गर्नुभएको छ भनेँ भनेर लेखिएको कुरा भ्रमात्मक हो’ उनले भनेका छन्, ‘ यो महाधिवेशनमा बुबा बिलकुलै निष्पक्ष र तटस्थ रहनुभएको छ । त्यसैले मलाई कोट गरेर भनिएको कुरा गलत हो । यस्ता गलत प्रचार नगर्न अनुरोध गर्दछु ।’
यसअघि आजै बिहान सञ्चारमाध्यममा रामचन्द्रले देउवालाई समर्थन गरेको समाचार सार्वजनिक भएको थियो ।




प्रतिक्रिया