केन्द्रीय समिति बैठकअघि बोहराटारमा पौडेल पक्षको छुट्टै भेला, शेखर र प्रकाशमान अनुपस्थित

केन्द्रीय समिति बैठकअघि बोहराटारमा पौडेल पक्षको छुट्टै भेला, शेखर र प्रकाशमान अनुपस्थित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि नेता रामचन्द्र पौडेलले बाेलाएकाे छुट्टै भेला जारी छ ।

पौडेल निवास बोहराटारमा सुरु भएको जिल्ला सभापतिहरूको छलफलले दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा गठबन्धन गरेर जाने कि नगरी जाने भन्नेबारेमा आफ्नो पक्षको घारणा तय गर्नेछ । यो छलफलको आधारमा दिउँसो सानेपामा बस्ने केन्द्रीय समिति बैठकमा पौडेलले गठबन्धनको विषयमा धारणा राख्नेछन् ।

केन्द्रीय कमिटी बैठकमा स्थानीय तहको आगामी निर्वाचनमा टिकट तय गर्ने केन्द्रीय संसदीय समिति गठन हुँदैछ । उक्त समितको गठन, गठबन्धन, कांग्रेसको अवस्थाका बारेमा समिक्षा र उम्मेदवारका मापदण्डलगायतमा छलफल हुने अजेन्डा तय गरिएको छ ।

बैठकमा कानुनमन्त्री दिलेन्द्र प्रसाद बडु, नेताहरु शशांक कोइराला, दीपक गिरी, मधु आचार्य र पौडेलनिकट केही जिल्ला सभापतिहरु सहभागी छन् भने शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित छन् ।