शान्तिका नायक प्रचण्डलाई गोरखाबाट जिताउनुहोस्ः रामचन्द्र पौडेल

शान्तिका नायक प्रचण्डलाई गोरखाबाट जिताउनुहोस्ः रामचन्द्र पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड क्रान्ति र शान्तिका नायक भएको बताएका छन् ।

सोमबार सत्ता गठबन्धन दलले गोरखा क्षेत्र नम्बर २ पालुङटारमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले प्रचण्ड क्रान्ति र शान्तिका नायक भएको बताएका हुन् ।

‘प्रचण्ड शान्ति र क्रान्तिका नायक हुन् । उहाँले नेपालको राजनीतिमा खेलेको भुमिका अमूल्य छ । त्यसकारण प्रचण्डलाई गोरखाबाट बहुमतले जिताउनुहोस्’ पौडेलले प्रचण्ड र गिरिजाप्रसाद कोइरालाको संयुक्त प्रयासबाट अहिलेको परिवर्तन दावी गरे ।

नेता पौडेलले नेपाली कांग्रेसका मतदातालाइ पुराना कुरालाई बिर्सेर भविष्य हेर्न आग्रह गरेका छन् । यता प्रचण्डले पनि मौका परे वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गर्न सक्ने बताए ।

सोमबार सोही सभालाई सम्बोधन गर्दै प्रचण्डले पौडेलले देशको नेतृत्व गर्न सक्ने बताएका हुन् । ‘गोरखा १ मा म, डुम्रेमा रामचन्द्र पौडेल, लमजुङमा देव गुरुङले केन्द्रमा महत्वपूर्ण भूमिका राख्न सक्छन्, । मौका परे तीनटै नेताले देशको नेतृत्व गर्न सक्छन्।’, उनले भने ।