काठमाण्डु- आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति प्रदान गरेका हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘प्रधानमन्त्रीज्यूको पत्रको आधारमा वैशाख १० गते हुने उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति प्रदान गर्नु भएको छ।’
उपनिर्वाचन वैशाख १० मा बारा २, चितवन २ र तनहुँ १ मा हुँदैछ ।





प्रतिक्रिया