आज बेलुकी राष्ट्रपति पौडेल स्वदेश फर्कने, स्वास्थ्यमा सुधार


काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् । उपचार गराएर राष्ट्रपति पौडेल भारतबाट आज बेलुकी ८ः३० बजे स्वदेश फर्किने भएका हुन् ।

राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको नियमित उडानबाट आज स्वदेश फर्कने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर थप उपचारका लागि गत वैशाख ६ गते भारत लगिएको थियो।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको छ । राष्ट्रपति पौडेललाई आजै अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement