काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
पौडेलले आज अपराह्न ३ बजेर ३० मिनेटमा राष्ट्रका नाममा नेपाल टेलिभिजनबाट सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।
यो समाचार तयार पार्दा पौडेल भोटेकोशी–त्रिशुली बाढी प्रभावित क्षेत्र रसुवा र नुवाकोटको भ्रमणमा छन् ।
पौडेल उताबाट फर्किएलगत्तै राष्ट्रका नाममा सम्बोधन गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
‘बाढीबाट भएको जनधनको क्षति, उद्धार, राहत र पुनस्र्थापना लगायत विषय समेटेर सम्माननीयज्यूको सम्बोधन आउँछ’, पौडेलले काठमाण्डु पाटीसँग भने ।




प्रतिक्रिया