नेता रामचन्द्र पौडेलले भेटे निर्मलाकी आमा

नेता रामचन्द्र पौडेलले भेटे निर्मलाकी आमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलातेका पछि हत्या भएको १० महिना भयो । अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

सोही क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व पन्तकी आमा दुर्गादेवीसँग भेट गरेका छन् । कांग्रेसको जागरण अभियान चलेका बेला बिहीबार नेता पौडेल पन्तको निवासमा पुगेर भेट गरेका हुन् ।

भेटमा पौडेलले निर्मला हत्याको छानबिनमा सरकार मौन रहेकोमा तत्काल दोषी पत्ता लगाउन कांग्रेसले सदन र सडकमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन् ।