काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट तानाशाह प्रवृति विरुद्द आन्दोलन जारी राख्ने बताएका छन् ।
उनले लोकतान्त्रिक मुल्य र मान्यता विपरीत नेपाली जनता, नेपाली कांग्रेस माथीको घोर अपमान र अत्याचार प्रती खेद प्रकट गर्दै अब कम्युनिस्ट तानाशाह प्रवृति विरुद्दमा कांग्रेसको आन्दोलन जारी रहने बताएका हुन् ।
बिहीबार पुल उद्घाटन कार्यक्रम सम्पन्न भएको जानकारी दिँदै नेता पौडेलले सत्ता र शक्तिको दुरुपयोग गरि आफुलाई पक्राउ गर्न लगाइएको भन्दै उक्त घटना घटाउन सघाउने नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारवाही गर्न माग गरेका छन् ।
उनले उपभोक्ता समिती, स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छा विपरीत तनहुँको कार्यक्रम रोक्ने काम भएको आरोप लगाए । नेता पौडेलले आज तनहुँमा कांग्रेस कार्यकर्ताको बाक्लो उपस्थिति देखेपछि पुल उद्घाटन कार्यक्रम अवरोध गर्नबाट प्रशासन पछि हटेको उल्लेख गरेका छन् ।




प्रतिक्रिया