काठमाण्डु – नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले १४औं महाधिवेशन अन्तर्गत प्रदेश समितिका उम्मेदवार टुंग्याउन नेताहरुलाई जिम्मेवारी बाँडफाट गरेको छ ।
बुधबार बिहान महामन्त्री डा.शशांक कोइराला निवासमा बसेको संस्थापन इतर पक्षको बैठकले सात वटै प्रदेशमा प्रदेश अधिवेशनका उम्मेदवार तोक्न केन्द्रीय नेताहरुलाई जिम्मेवारी तोकेको हो ।
बैठकले प्रदेश अधिवेशनमा संस्थापनइतर समूहबाट साझा उम्मेदवारी दिने निर्णय समेत गरेको वरिष्ठ नेता पौडेलले जानकारी दिए ।कांग्रेसको पहिलो प्रदेश अधिवेशन विहीबारदेखि सुरु हुँदैछ ।
आजको बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु डा.रामशरण महत, अर्जुननरसिंह केसी, दीपक गिरी, गगन थापा लगायतका नेताहरु सहभागि थिए ।
कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
प्रदेश १ –
बलबहादुर केसी, महेश आचार्य, डा.मिनेन्द्र रिजाल, डा.शेखर कोइराला, सरिता प्रसाइँ, गुरुराज घिमिरे
प्रदेश २ –
सीतादेवी यादव, रामकृष्ण यादव र किरण यादव
बागमती प्रदेश –
प्रकाशमान सिंह, डा।रामशरण महत, अर्जुननरसिंह केसी,
गण्डकी प्रदेश –
रामचन्द्र पौडेल, डा।शशांक कोइराला, दिलबहादुर घर्ती, कमला पन्त, जीवन परियार
लुम्बिनी प्रदेश –
दीपक गिरी, चन्द्र भण्डारी
कर्णाली प्रदेश –
हृदयराम थानी
सुदुरपश्चिम प्रदेश –
दिलेन्द्रप्रसाद बडु, बद्री पाण्डे




प्रतिक्रिया