काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानको संसद्को माथिल्लो सदनका सांसदहरूले भेटवार्ता गरेका छन् ।
जापानका सांसद कोबायसी काजुहिरो र नागल मान्बु सहितको टोलीले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार भेटमा राष्ट्रपतिले नेपाल र जापानबीच अति घनिष्ट एवं मैत्रीपूर्ण सम्बन्ध रहेको विषयमा जोड दिँदै नेपालको लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् ।




प्रतिक्रिया