गच्छदार कारबाहीमा परेपछि रामचन्द्रले भने : लाल झण्डा ओढेपछि जुनसुकै खत माफ हुन्छ !

गच्छदार कारबाहीमा परेपछि रामचन्द्रले भने : लाल झण्डा ओढेपछि जुनसुकै खत माफ हुन्छ !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा हिनामिना प्रकरणमा दर्ता गरेको मुद्दाले संशय उब्जाएको बताएका छन् ।

आफ्नो पार्टीका उपसभापति समेत रहेका पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायत १७५ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि पौडेलले यस्तो प्रतिक्रया जनाएका हुन ।

‘अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा दायर गरेको मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ’ पौडेलले भनेका छन्, ‘लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाई कतै पुरा हुने त होइन ?’