रामदेवको दाबीः ‘कोरोनिल ट्याब्लेट’ ले कोरोना निको हुन्छ !

रामदेवको दाबीः ‘कोरोनिल ट्याब्लेट’ ले कोरोना निको हुन्छ !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – योग गुरु रामदेवले कोरोनाको उपचारमा प्रयोग हुने आयुर्वेदिक औषधि सार्वजनिक गरेका छन् । उनले कोरोनिल नामको ट्याब्लेट कोरोनाको उपचारमा उपयोग हुने दाबी गरेका छन् ।

रामदेवका अनुसार कोरोनिलमा गिलोय, तुलसी र अश्वगन्धा छ जसले शरीरको प्रतिरोध क्षमता बढाउँछ । यस औषधीले अन्य गम्भीर बिरामीबाट बचाउने दाबी गरिएको छ ।

रामदेवको दाबी अनुसार कोरोनिलको क्लिनिकल केस स्टडीमा २८० बिरामीलाई सामेल गरिएको थियो । १०० जनामाथि यसको क्लिनिकल ट्रायल गरिएको थियो । यो औषधी दिइएको ३ दिनपछि ६९ प्रतिशत बिरामी पोजेटिभबाट नेगेटिभ भएका थिए भने ७ दिनभित्र शतप्रतिशत बिरामी निको भएका थिए । यसमा मृत्युदर शुन्य प्रतिशत रहेको थियो ।

रामदेवले लञ्च गरेको कोरोनाकिटमा कोरोनिलको साथै श्वासारी बढी र अणु तेल पनि सामेल छ । रामदेवका अनुसार तीनैको एक साथ प्रयोग गर्ने हो भने कोरोनाको संक्रमण खत्तम हुनेछ ।

रामदेवकाअनुसार यो ट्याब्लेटले शरीरमा अक्सिजनको अभाव हुन दिँदैन । यस औषधिले चिसो, खोकी र चिसोबाट बचाउँछ । यसमा १६ जडिबुटीहरू जस्तै मदिरा, मह, अदुवा र तुलसी मिलाइएको छ ।