रामेछापको भटौली खोलाको पुल कटानको जोखिममा

रामेछापको भटौली खोलाको पुल कटानको जोखिममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रामेछापको सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ, सुनापति तथा काठमाण्डुसँग जोड्ने वैकल्पिक मार्गमा पर्ने भटौली खोलाको पक्की पुल कटानको जोखिममा परेको छ ।

मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबास जोड्ने उक्त पुल खोलाको बाढीले कटान गर्दा जोखिममा परेको हो । भटौली खोलामा आएको बाढीले पुलको पकरबासपट्टि रहेको पिलरमा सिधै ठोक्किन थालेको खाँडादेवी–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनले भने, ‘खोलाको बहाव नै पुलको पिलरमा सोझै ठोक्किएको छ, टेवा पर्खाल वा जाली लगाएर संरक्षण नगरे पुलमा ठूलो क्षति पुग्न सक्छ ।’

सो विषयमा खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला निकायलाई जानकारी गराइसकिएको उनले बताए ।

वर्षा याम सुरु भएसँगै खोलामा निरन्तर बाढी आइरहेकोले तत्काल संरक्षण नगरेमा पुल पुल बगाउने जोखिम रहेको वडाध्यक्ष पौडेलको भनाइ छ ।