रामेछाप कारागारमा सेनाको गोली लागेर २ कैदीको मृत्यु, १२ जना घाइते

रामेछाप कारागारमा सेनाको गोली लागेर २ कैदीको मृत्यु, १२ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रामेछापको जिल्ला कारागार कार्यालयमा रहेका २ जना कैदीबन्दीको मृत्यु भएको छ। बिहीबार बिहान कारागारको गेट तोडेर कैदीबन्दी भाग्न खोजेपछि सुरक्षाकर्मी र कैदीबिच झडप भएको थियो । झडपपश्चात भाग्न खोजेका कैदीबन्दीलाई सेनाले रोक्ने प्रयास गर्दा चलाएको गोली लागेर दुई कैदीको मृत्यु भएको हो ।

झडपका क्रममा १२ जना कैदीबन्दी घाइते भएका छन्। उनीहरुको रामेछाप अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार अहिले रामेछाप कारागारमा ३३४ जना कैदी छन्। कारागार कार्यालयमा अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हाली सुरक्षा दिइरहेको छ। जेन जी को आन्दोलनपश्चात देशका विभिन्न कागागारमा झडप हुनेक्रम जारी छ।