रामेछापमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

रामेछापमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-रामेछापमा पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।

गोकुलगंगा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ परिहोमा परेर तीन जनाको मृत्यु भएको हो ।

पहिरोमा परेर १७ वर्षीया सीता तामाङ, १५ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

पहिरोको जोखिममा रहेका केही घरका स्थानीयले उद्धार गरेका छन् । प्रहरीका अनुसार खेतमा काम गरेर चाँडै घर फर्किएका तीन जनालाई घरसँगै पहिरोले छोपेको हो ।

उद्धारका लागि प्रहरीको टोली रातिदेखि सक्रिय भए पनि अहिले थप विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका डिउटी अफिसरले बताएका छन् ।