संविधान संशोधन गर्न छिट्टै २ दलीय कार्यदल बन्दैछ : गृहमन्त्री लेखक

संविधान संशोधन गर्न छिट्टै २ दलीय कार्यदल बन्दैछ : गृहमन्त्री लेखक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको काम अगाडि बढाउन छिट्टै २ दलीय कार्यदल बन्ने बताएका छन् ।

भक्तपुरमा बिहीबार नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौं राष्ट्रिय परिषद् उद्घाटन गर्दै गृहमन्त्री लेखकले भने, ‘केही दिनमा नै २ दलको कार्यदल बनाई संशोधन सुरु हुनेछ ।’

संविधान संशोधनका लागि आवश्यक विषय पहिचान गरेर राजनीतिक दलहरूबीच सहमति कायम गरिने उनले बताए ।

गृहमन्त्री लेखकले मुलुकको आर्थिक स्थितिलाई सुधार गर्दै आर्थिक समृद्धिको दिशातर्फ सरकार अघि बढेको बताए । गठबन्धन सरकार मुलुकमा दीगो शान्ति, विकास र समृद्धिको उद्देश्य पूरा गर्नका लागि गठन भएको उनले बताए ।

उनले मुलुकको आवश्यकताका आधारमा सरकारले अध्यादेश ल्याएको भन्दै सदनबाट पारित हुने बताए ।