पूर्वराजाको समर्थनमा विज्ञप्ति निकालेपछि पर्यटन प्रवर्द्धक बास्तोला बर्खास्त

पूर्वराजाको समर्थनमा विज्ञप्ति निकालेपछि पर्यटन प्रवर्द्धक बास्तोला बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा विज्ञप्ति जारी गरेका पोर्चुगलको लिजवन शहरका पर्यटन प्रवद्र्धक रमेशराज बास्तोलालाई सरकारले बर्खास्त गरेको छ ।

आईतबार काठमाण्डुमा भएको राजावादीहरूको प्रदर्शनको समर्थन गरेर उनले विज्ञप्ति जारी गरेका थिए । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लिखित स्पष्टीकरण सोधिएकोमा मंगलबार बर्खास्त गरेको हो ।

पर्यटन प्रवद्र्धक बास्तोलाले दिएको स्पष्टीकरण सन्तोषजनक नभएकाले सोमबारको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई जिम्मेवारीबाट हटाइएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता तथा सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायले मंगलबार विज्ञप्ति जारी गर्दै जिम्मेवारीबाट हटाइएको जनाएका छन् ।

उनलाई २०८० फागुन १३ गते तत्कालीन पर्यटनमन्त्री सुदन किराँतीले नियुक्त गरेका थिए ।