जनतासँग गरेका बाचा ताेडेर प्रधानमन्त्रीले जनमतको अपमान गरेः रमेश लेखक

जनतासँग गरेका बाचा ताेडेर प्रधानमन्त्रीले जनमतको अपमान गरेः रमेश लेखक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सांसद रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतको अपमान गरेको बताएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लेखकले प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरेर प्रधानमन्त्री प्रचण्डले जनमतको अपमान गरेको बताएका हुन् ।

उनले चुनावमा कांग्रेस र माओवादीको गठबन्धनलाई पाँच बर्ष राख्ने बाचा गरिएकोमा प्रधानमन्त्री प्रचण्डले जनमतको अपमान गर्दै मनमानी ढंगले गठबन्धन फुटाएको दावी गरे ।

‘नेपाली कांग्रेस आफूले गरेको बाचामा अडिक थियो । हामीले चुनावमा यो गठबन्धनलाई पाँच बर्षसम्म कायम राख्छौँ भनेर जनतासँग बाचा गरेका थियौँ । तर, प्रधानमन्त्री प्रचण्डले मनमानी ढंगले जनतासामु गरेका बाचा तोडर जनमतको अपमान गर्नु भयो । प्रधानमन्त्रीले त्यहिभएर राजनीतिक बेइमान गरे ।’, उनले भने ।

जनतामाथि पनि घात भएका कारण कांग्रेसले यसलाई निर्ममता पूर्वक राजनीतिक बेइमान हो भन्न बाध्य भएको उनले स्पष्ट पारे । प्रधानमन्त्रीको कदमले देशमा अस्थिरता निम्तिएको लेखकको भनाई छ ।