काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको भिजिट भिसा प्रकरणबारे गृहमन्त्री रमेश लेखकले जेठ १३ गते संसद्मा बोल्ने भएका छन् ।
शनिबार भिडियो सन्देश जारी गर्दै मन्त्री लेखकले १३ गते प्रतिनिधि सभामा बोल्न समय माग गरिसकेको जानकारी दिए ।
उनले भने, ‘प्रतिनिधिसभामा विस्तृत कुरा बोल्छु ।’
उनले आफ्नोबारेमा षड्यन्त्रपूर्वक झूटा प्रचारबाजी भएको गुनासो गरेका छन् ।




प्रतिक्रिया