काठमाण्डु – पूर्व गृहमन्त्री रमेश लेखकले देशको वर्तमान परिस्थितिमा सबै राजनीतिक दलले उत्तेजना, आग्रह, पूर्वाग्रह र प्रतिशोधभन्दा माथि उठेर जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेनजी आन्दोलनपछि देश संवेदनशील अवस्थामा रहेको बताउँदै संयमित र विवेकपूर्ण नेतृत्वको आवश्यकता औंल्याए ।
‘जेनजी पुस्ताले उठाएका माग र आवाजहरूलाई गम्भीरतापूर्वक बुझ्नुपर्छ,’ उनले भने, ‘तर त्यो मागको समाधान लोकतान्त्रिक मूल्य र विधिको शासनभित्रै खोजिनुपर्छ ।’
आन्दोलनको पहिलो दिन नै गृहमन्त्री पदबाट राजीनामा दिएको स्मरण गर्दै उनले आन्दोलनले देखाएको असन्तुष्टि र आकांक्षा दुवैलाई सम्बोधन गर्न राजनीतिक दलहरू जिम्मेवार र संवेदनशील हुनुपर्ने बताएका छन् ।
जेनजी आन्दोलनपछि शुक्रबार उनले पहिलोपटक सार्वजनिक टिप्पणी गरेका छन् ।




प्रतिक्रिया