जाँचबुझ आयोगमा बयान दिन जान्छु : रमेश लेखक

जाँचबुझ आयोगमा बयान दिन जान्छु : रमेश लेखक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् ।

कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री समेत रहेका लेखकले बयान दिन जाने बताएका हुन् ।

उनले भने, ‘भदौ २३ र २४ गतेको घटना बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ । मैले आयोगमा जाने निर्णय गरेको छु । १४ गते सोमबार म जान्छु ।’

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ ले जानकारी लिन बोलाएको छ। मैले यही १४ गते सोमबार आयोगमा जाने निर्णय गरेको छु। आयोगपछि सञ्चारमाध्यमबाट पनि आफ्ना धारणा सार्वजनिक गर्नेछु।’

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन लेखकलाई बयानका लागि पत्र काटेको थियो ।