काठमाण्डु – नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले काठमाण्डु क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।
नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका पूर्वडीआईजी खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट लड्ने घोषणा गरेका हुन् ।
उनले भने, ‘म काठमाण्डु क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिदैँछु । तपाईहरुको साथ, सहयोग र माया सधै रहनेछ भन्ने अपेक्षा गरेको छु ।’
सामाजिक सञ्जालमार्फत नेपाल सुशासन पार्टीले ‘देशमा सुशासनको स्थापना तथा भ्रष्टाचारविरुद्धको यस अभियानमा सबैको साथ, सहयोग र माया रहिरहनेछ भन्दै अपेक्षा गरिएको’ जनाएको छ ।
यसअघि खरेल काठमाण्डु महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेको बताइए पनि उनी ब्याक भएका थिए । साथीहरूसँग सल्लाह गर्दा मेयरमा उठ्नुभन्दा सांसदमा उठ्नु ठीक भन्ने धेरैले राय दिएको उनले बताएका थिए ।




प्रतिक्रिया