पूर्व गृहमन्त्री लेखक पक्राउ

पूर्व गृहमन्त्री लेखक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीेले पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने नयाँ सरकारको निर्णयअनुसार प्रहरीले लेखकलाई पक्राउ गरेको हा ।

प्रहरीले उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको हो । सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुर सूर्यविनायक नगरपालिका ५, कटुञ्जे मनोरम टोलस्थित निवासबाट शनिबार बिहान पौने ६ बजे पक्राउ गरेको हो । उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको हो ।

नयाँ सरकारका गृहमन्त्री सुधन गुरुङले शुक्रबार रातभर सुरक्षा निकायका प्रमुखसँग बारम्बार छलफलपछि लेखकलाई पक्राउ गरेको हो ।

भदौ २३ र २४ गतेका भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

भदौ २३ र २४ मा भएको जेन जी प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

भदौ २३ गते भएको प्रदर्शनका बेला लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए । सो दिन नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु भएपछि उनले त्यही साँझ पदबाट राजीनामा दिएका थिए ।

शुक्रबार बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसपछि गृहमन्त्री गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग उनीहरूलाई पक्राउ गर्ने विषयमा छलफल गरेका थिए ।

यस्तै एमाले अध्यक्ष केपी ओलीको नि पक्राउ पुर्जी जारी भइसकेको छ ।