काठमाण्डु– सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइको आदेश दिन अश्वीकार गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइले बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गरेको हो ।
सरकारले गत भदौ २३ र २४ गते भएको जेजनी आन्दोलनको जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा ओली र लेखकलाई शनिबार बिहान पक्राउ गरेको थियो।
दुवै जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत, काठमाण्डुले अनुमति दिइसकेको छ।
रिह गर्न माग गर्दै पत्नी यशोदाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।




प्रतिक्रिया