काठमाण्डु – पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण रहेको दाबी गरेका छन् ।
लेखकले आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा आफूलाई १३ दिन प्रहरी हिरासतमा राखिएको पनि दाबी गरेका छन् ।
भदौ २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको अप्रमाणित प्रतिवेदनका आधारमा फौजदारी अभियोगमा १३ दिनसम्म नियन्त्रणमा राखिएपछि अन्ततः आफू रिहा भएको उनले बताएका छन् ।
लेखकले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा आफू कानुनपालना गर्ने र न्यायमा विश्वास गर्ने व्यक्ति भएको बताउँदै बाँकी कानुनी र राजनीतिक लडाई जारी रहने उल्लेख गरेका छन् ।
लेखकले लेखेका छन्, ‘गत भाद्र २३ र २४गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु।’
जेन जी आन्दोलन दबाएको भन्दै लेखकलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो । उनी सर्वोच्चको परमादेशपछि बिहीबार रिहा भएका थिए । उनीसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि सोही आरोपमा सोही दिन पक्राउ परेर लेखकसँगै बिहीबार रिहा भएका हुन् ।





प्रतिक्रिया