गृहमन्त्री लेखकले सभापति देउवालाई दिए धन्यवाद

गृहमन्त्री लेखकले सभापति देउवालाई दिए धन्यवाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकबाट राजीनामा दिँदै सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् ।

असार ३१ गते गृहमन्त्री नियुक्त भएपछि लेखकले शुक्रबार प्रमुख सचेतकबाट राजीनामा दिएका हुन् ।

प्रमुख सचेतकका रूपमा सेवा गर्ने अवसर दिएकोमा सभापति देउवालाई गृहमन्त्री लेखकले धन्यवाद दिए ।

गृहमन्त्री लेखकले कांग्रेस पार्टी सभापति तथा दलको नेता शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् ।