सांसदले घुस दिएको विषयमा तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छु : गृहमन्त्री लेखक

सांसदले घुस दिएको विषयमा तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छु : गृहमन्त्री लेखक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले पूर्व मन्त्री एवं सांसद डा. वीरेन्द्र महतोेले घुस दिएको विषय तत्काल अनुसन्धान गर्न प्रहरी निर्देशन दिइसकेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लेखकले सांसद महतोले घुस दिएको विषयमा सांसदहरूले सदनमा उठाएको विषयमा सरकार गम्भीर रहेको भन्दै अनुसन्धान अघि बढाएको सदनलाई जानकारी दिए ।

उनले आफूले व्यक्तिगत रूपमै सांसद महतोसँग जानकारी लिएको समेत बताए ।

‘प्रहरीलाई घटनाबारे तत्काल छानबिन गर्न आदेश दिइसकिएको छ । यो विषयलाई सरकारले अत्यन्त गम्भीर रुपमा लिएको छ,’ गृहमन्त्री लेखकले भने, ‘सदनमा एक सदस्यले आफनो छोराको सर्टिफिकेटको सन्र्दभमा बिचौलियालाई घुस दिएको कुरा उठाउनुभएको छ । मैले व्यक्तिगत रूपमा उहाँसँग कुरा गरेर घुस लिने मान्छे चिनाउनका लागि सहयोग गरिन आग्रह गरेको छु ।’

जनता समाजवादी पार्टी (जसपा) सांसद महतोले सदनमा आफूले शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार रुपैयाँ घुस दिएको बताएका थिए । उनले आफ्नो छोराको सर्टिफिकेट इक्युभ्यालेन्टका लागि घुस दिनुपरेको अभिव्यक्तिप्रति सांसदहरूले सभामुखसँग रुलिङको माग गरेका थिए ।