काठमाण्डु – गृहमन्त्री रमेश लेखकले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गरेका छन् ।
शुक्रबार दिउँसो गृहमन्त्री लेखकले मित्र राष्ट्र भारतको अनुदानमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गर्दै परियोजना समयमै सम्पन्न गर्न निर्देशन दिए । परियोजना नेपालका लागि राम्रो भएकाले समयमै सम्पन्न हुने विश्वास आफूले लिएको लेखकले बताए ।
समयमा योजना सम्पन्न गर्ने र गुणस्तरीय बनाउने कुरामा निर्माण कम्पनी सजक रहेको उनले बताए । लेखकले स्थानीय र केन्द्रीय सरकारबाट कुनै कमी कमजोरी नदिने उनले बताए ।
यस्तै नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले परियोजना भारतका लागि महत्त्वपूर्ण रहेको बताए । उनले यो भारतको सबैभन्दा ठूलो अनुदानको परियोजना भएको बताए ।




प्रतिक्रिया