गृहमन्त्री लेखकसँग एनडीसीका शिक्षार्थीको शिष्टाचार भेट

गृहमन्त्री लेखकसँग एनडीसीका शिक्षार्थीको शिष्टाचार भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रमेश लेखकसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडीसी) का शिक्षार्थीहरूको प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेट गरेको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतका सुरक्षा निकायबीच सीमा सुरक्षा, लागूऔषध नियन्त्रण र मानव बेचबिखन नियन्त्रणमा थप सहकार्य हुनुपर्नेमा जोड दिए ।

भेटका अवसरमा कलेजका प्रतिनिधि सन्दिप एस सन्दु लगायत शिक्षार्थीहरूको सहभागिता थियो ।