विपत्तिमा ३ तहकै सरकारबीच समन्वय गरेर अगाडि बढ्नुपर्छ : गृहमन्त्री

विपत्तिमा ३ तहकै सरकारबीच समन्वय गरेर अगाडि बढ्नुपर्छ : गृहमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृहमन्त्री रमेश लेखकले विपत्तिमा ३ तहकै सरकारबिच समन्वय गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । सोमबार विहान बाढी पहिरोबाट क्षतिग्रस्त काभ्रेको पनौती नगरपालिका–१२ भूमेडाँडा र बेथानचोश गाउँपालिका ४ को निरीक्षण निरीक्षणपछि जिल्ला प्रशासन कार्यालय काभ्रेको बैठकमा बोल्दै गृहमन्त्री लेखकले तीन वटै सरकारको विपत्तिमा काम गर्नुपर्ने जिम्मेवारी रहेको उल्लेख गरे ।

उनले भने– ‘भारी वर्षाबाट सिर्जित बाढी–पहिरोबाट जन–धनको ठूलो क्षति भएको छ । संघीयता र स्थानीय तहको आवश्यकता विपत्तका बेला महसुस भएको छ । संघीय, प्रदेश र स्थानीय तहको सरकार मिलेर काम गर्दा विपत्तिको सामना गर्न सजिलो हुन्छ । तीन वटै सरकारको विपत्तिमा काम गर्नुपर्ने जिम्मेवारी छ । तीन तहकै सरकारबिच समन्वय गरेर अगाडि बढ्नुपर्छ । विकास र विपत्तिमा राजनीति हुँदैन । सबैले मिलेर काम गर्नुपर्छ । पीडामा रहेका मानिस राहत दिन सबै लाग्नुपर्छ । खोजी र उद्धारको काम जारी रहेको भन्दै अब राहतको व्यवस्था गराउने अवस्थामा छौँ ।’

बाढी पहिरोबाट काभ्रेमा ७८ जनाको मुत्यु, ७१ जना घाइते र ६ जना बेपत्ता छन् । घाइते मध्ये १८ जनाको उपचार भइरहेको छ भने बाँकी डिस्चार्ज भइसकेका छन् ।

मृतकका परिवारलाई दुई लाख क्षतिपूर्ति दिने र घरबार विहीनहरुलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको २५ हजार दिने काम भएको गृहमन्त्रीले बताए। स्थानीय तहले लाभग्राही पहिचान गरेको तीन दिनमा सरकारले पहिलो किस्ता उपलब्ध गराउदैं आएको छ ।

घाइतेको निशुल्क उपचार, सडक सञ्जाल टुटेका पालिकामा हेलिकप्टरबाट राहत उपलब्ध गराइने उनले जानकारी दिए।

बाढी–पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको भन्दै उनले भने ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले राम्रो काम गरेको छ तर सरकारले काम नगरेको भन्ने हुँदैन । सरकार भनेकै यही हो ।’