कांग्रेस–एमाले समीकरण कसैलाई मन्त्री बनाउन होइन, स्थायित्वका लागि हो : गृहमन्त्री लेखक

कांग्रेस–एमाले समीकरण कसैलाई मन्त्री बनाउन होइन, स्थायित्वका लागि हो : गृहमन्त्री लेखक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान – गृहमन्त्री रमेश लेखकले कांग्रेस–एमाले समीकरण कसैलाई मन्त्री बनाउन नभई स्थायित्वका लागि भएको बताएका छन् ।

शुक्रबार धरानमा ‘बीपीका साहित्यक विचारहरू’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले कांग्रेस बीपीको विचारमा हिँडेको बताए ।

उनले कांग्रेस बलियो भए लोकतन्त्र बलियो हुने दाबी गरे । उनले भने, ‘कांग्रेस आज सबैभन्दा ठूलो राजनीति दल हो, विगतको निर्वाचन होस् वा अहिलेको उपनिर्वाचनको सन्दर्भमा होस् । जनताको माया र स्नेहले कांग्रेस पहिलो दलका रूपमा स्थापित भएको छ । जनताको माया र स्नेह कांग्रेसले हमेसा बचाइराख्नुपर्छ ।’

उनले कांग्रेस र एमाले मिलेर राजनीति समीकरण बनेको भन्दै यसको लक्ष्य भ्रष्टाचार नियन्त्रण, विकास र समृद्धि रहेको बताए । उनले भने, ‘त्यस समीकरणको धरातलमा उभिएर संघ र प्रदेशमा सरकार गठन भएका छन् ।’

देशमा दीगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि वर्तमान सत्ता समीकरण बनेको उनले बताए ।