काठमाण्डु – गृहमन्त्री रमेश लेखकले लाखौं सर्वसाधारण जनताको रकम दुरुपयोग भएको सन्दर्भमा अनुसन्धान भइरहेका बेला भीड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम भएको बताएका छन् ।
कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन सुर्खेत पुगेका गृहमन्त्री लेखकले भने, ‘अनुसन्धान भइरहेको विषयमा कहिले प्रहरी कार्यालय घेरेको छ, कहिले सरकारी वकिल कार्यालय घेरेको छ, कहिले अदालत घेरेको छ, अनि यो भीडले हो न्याय निरुपण गर्ने ?’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मात्रै नभएर सहकारी अपचलनमा धेरै व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको बताउँदै उनले अदालतले निर्क्यौल गर्ने बताए ।
लामिछानेमाथि प्रहरीबाट कुनै मानवअधिकार उल्लंघन नभएको बताउँदै उनले लामिछानेकै सुरक्षाका लागि राति अड्डासार गरिएको बताए । उनले भने, ‘हामी सबै नागरिकको मानवअधिकारप्रति प्रतिबद्ध छौं । कसैको मानवअधिकार हनन् भएको छैन र हुँदैन, जहाँसम्म रवि लामिछानेको कुरा छ । उहाँकै सुरक्षाका लागि राति नै चितवनबाट पोखरा लगिएको हो, यसमा कहाँ मानवअधिकार हनन् हुन्छ ?’




प्रतिक्रिया