राष्ट्रियसभा चुनावमा गठबन्धनका उम्मेदवार जिताउन समन्वय समिति, संयोजक रमेश लेखक

राष्ट्रियसभा चुनावमा गठबन्धनका उम्मेदवार जिताउन समन्वय समिति, संयोजक रमेश लेखक


काठमाण्डु – सत्तारुढ दलहरूले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन समन्वय समिति गठन गरेका छन् ।

गठबन्धनको बैठकले ४ पार्टीबाट १/१ जना रहेको समन्वय समिति गठन गरेको छ ।

समन्वय समितिमा कांग्रेसबाट रमेश लेखक, माओवादीबाट हितराज पाण्डे, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपाबाट मनिष सुमन छन् ।

समन्वय समितिको पहिलो बैठक बुधबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेर संयोजकमा लेखकलाई चयन गरिएको छ ।

गठबन्धनका उम्मेदवार जिताउन ७ वटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति र सबै जिल्लामा पनि समन्वय समिति गठन गर्ने निर्णय गरिएको छ ।

माघ ११ गते १९ सिटमा हुने चुनावमा गठबन्धनभित्र कांग्रेसले १०, माओवादीले ६, समाजवादीले ३ र जसपाले १ सिटमा भागबण्डा पाएका छन् ।