गृहमन्त्री लेखकको कामको गति : असोजमा बाढी–पहिरो, क्षतिको लेखाजोखा चैतमा !

गृहमन्त्री लेखकको कामको गति : असोजमा बाढी–पहिरो, क्षतिको लेखाजोखा चैतमा !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रमेश लेखक नेतृत्वको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३०औं बैठकले बिहीबार असोज महिनामा गएको बाढीपहिरो र डुबानको क्षतिको विस्तृत लेखाजोखा गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको बैठकले गत असोजमा बाग्मती, कोशी प्रदेश लगायतका ठाउँमा अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विस्तृत क्षति आकलन तत्काल अघि बढाउने निर्णय गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

क्षतिको आकलन संकलन कार्य आगामी हप्ताभित्रै सुरु गरिने उनले बताए । क्षतिको मूल्यांकन गरेर निजी आवासहरू अस्थायी बनाउने ठाउँमा अस्थायी र स्थायी बनाउने ठाउँमा स्थायी आवास बनाउने गरी अघि बढ्ने उनले बताए ।

बैठकमा आगामी दिनमा विपद्बाट हुने सक्ने सबै खालका जोखिम नियन्त्रणका लागि तयार रहँदै आगामी दिनमा तयारीका साथ अघि बढ्ने विषयमा छलफल भएको गृहमन्त्री लेखकले बताए ।

बैठकमा पश्चिम नेपालको भूकम्पबाट भएको क्षति आकलन गरी स्थायी आवास निर्माणको कार्य पनि अघि बढेको उनले जानकारी दिए । जाजरकोटमा पनि पुनर्निर्माण र पुनःस्थापनको काम अघि बढेको र केन्द्रबाट अनुदान पठाउने काम प्रारम्भ भएको उनले बताए ।