मविरुद्व नियोजित र षड्यन्त्रपूर्वक राजनीतिक आक्रमण भयो : गृहमन्त्री लेखक

मविरुद्व नियोजित र षड्यन्त्रपूर्वक राजनीतिक आक्रमण भयो : गृहमन्त्री लेखक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई जोडेर आएका समाचारहरुमा कुनै सत्यता नभएको दाबी गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्ना विरुद्धमा नियोजित , षड्यन्त्रपूर्वक ढंगले र राजनीतिक रुपले आक्रमण गर्ने प्रयत्न भएको बताए ।

उनले भने,‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगले राजनीतिक रुपले आक्रमण गर्ने प्रयत्न भएको छ । जसलाई सम्मानित सदनबाट खेद व्यक्त गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु ।’

त्यस्तै उनले भिजिट भिसा सम्बन्धित विषयमा सोधपुछको लागि आयोगबाट बोलाएर सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै यसमा आफ्नो कुनै संलग्नता नरहेको बताए ।

‘कार्यालय प्रमुख सहसचिव तिर्थराज भट्टराईलाई भिजिट भिसा सम्बन्धित विषयमा सोधपुछको लागि आयोगबाट बोलाएको सञ्चारमाध्यमबाट थाहा पाएको हुँ । यसमा मेरो पनि संलग्नता छ भनेर सामाजिक सञ्जालमा आएको हो ।ति अभिव्यक्तिमा कुनै सत्यता छैन् । उक्त कार्यमा मेरो कुनै संलग्नता छैन र हुन सक्दैन् ।’

उनले भने, ‘म चुनौति दिएर माननीय सदस्यहरूलाई आग्रह गर्न चाहन्छु, तपाईंहरू नैतिकताको प्रश्न उठाउँदै हुनुहुन्छ भने तपाईंहरूसँग नैतिक बल छ भने हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएका विदेशी नागरिकबारे किन प्रश्न उठाउनु भएन ? म नभएको बेला गएका हुन् ? । त्यसकारण म आग्रह गर्न चाहन्छु, यो नियोजित ढंगले, षडयन्त्रपूर्वक मेरो राजनीतिक चरित्र हत्या गर्न र राजनीतिक प्रतिशोध पूरा गर्न उठाइएको विषय हो ।’

लेखकले यस्ता खालका ‘निकृष्ट राजनीतिक प्रवृत्ति’ बन्द गर्न विपक्षी दलहरूप्रति आग्रह समेत गरे । ‘तपाईंहरूका यस्ता चाहनाहरू बन्द गर्नुस्, म यो आग्रह गर्न चाहन्छु ।’

उनले पार्टी कार्यालयमा नक्कली पीडितहरुलाई बोलाएर जाहेरी लेखेर आफ्ना दर्ता गर्ने प्रयत्न गरेको आरोप लगाउँदै यस्ता अपमानजनक र जालछाँट गरेर नक्कली पीडित खडा गर्नेहरुको पत्ता लगाएर कारबाही गरिने चेतावनी दिए ।

उनले भने,‘केही पार्टी कार्यालयहरुमा नक्कली पीडितहरुलाई बोलाएर पार्टी कार्यालयमा जाहेरीहरु लेखेर मेराविरुद्ध विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइरहेको छ । कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ । यस्ता जालछाँट र अमर्यादित काम गरेर आफ्नो राजनीति अभिष्ट पूरा गर्ने काममा नलाग्न म आग्रह गर्दछु । यस्ता अपमानजनक र जालछाँट गरेर नक्कली पीडित खडा गर्नेहरुको पत्ता लगाएर कारबाही गरिने छ ।’

त्यस्तै उनले रास्वपा सम्भावना बोकेको पार्टी भएको भन्दै यस्ता जालछाँटमा नलागी सचेत रहन सुझाव दिए । रास्वपाका सांसदहरुले तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग जोडेर अहिले आफूलाई त्यसको प्रतिशोध लिने काममा लागि परेको समेत बताए ।

‘जालछाँट गरेर नक्कली पीडित खडा गर्ने पार्टी कार्यालयहरु बन्दैछन् । यसमा तपाईहरु सचेत हुनुहोस् । किनभने तपाइँहरु सम्भावना बोकेको पार्टी हुनुहुन्छ । हिजो मैंले श्रममन्त्री हुँदा बैदेशिक रोजगार ऐन बनाएर चारवटा देशसँग श्रम सम्झौता गरेको सम्झना गर्नुहोस् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले तत्कालीन गृहमन्त्रीज्यूलाई जोडेर मलाई अहिले त्यसको प्रतिशोध लिने काममा लाग्नुभएको छ,’उनले भने