गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विधेयक चाँडै सदनमा प्रस्तुत गर्ने सरकारको तयारी

गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विधेयक चाँडै सदनमा प्रस्तुत गर्ने सरकारको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विधेयक चाँडै सदनमा प्रस्तुत गरिने बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि बैठकमा उठेका विषयको जवाफ दिँदै उनले संविधानले व्यवस्था गरेअनुसार गैरआवासीय नेपाली नागरिकहरूका निमित्त नागरिकताको विधेयकको तयारी गरिरहेकोे बताएका हुन् ।

उनले भने, ‘संविधानले भने बमोजिम सरकारले गैरआवासीय नेपाली नागरिकहरूका निमित नागरिकताको विधेयक तयारी गर्न अगाडि बढेका छौं । म के जानकारी गराउन चाहन्छु भने संविधानले भनेअनुसार आर्थिक, सामाजिक, सास्कृतिक अधिकारहरू पूर्णरूपले उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विधेयक चाँडै सदनमा प्रस्तुत गरिनेछ ।’

गृहमन्त्री लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ मा गैरआवासीय नेपाली नागरिकहरूलाई नसमेटिएको भन्दै यसका लागि छुट्टै विधेयकको तयारी गरेको बताए ।